प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ।
मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिदषको कार्यालयमा उनीहरूबीच भेट भएको हो।
दुई जनाबीच छोटो समयका लागि भेट भएको प्रधानमन्त्री सचिवालय स्रोतले बतायो।
यद्यपि दुई जनाबीच केकस्तो विषयमा छलफल भयो भन्ने खुलेको छैन।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने यस विषयमा आफूलाई जानकारी नभएको बताए।