मुग्लिन-नारायणघाट सडक अवरूद्ध भएको छ।
सिमलतालमा बिहान ७ बजे पहिरो खसेपछि सो सडकखण्ड दुईतर्फी नै अवरूद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ।
पहिरो हटाउन उपकरणहरू परिचालन भइसकेको छ।
सडक पूर्ण रूपमा सञ्चालनमा आउन करिब एक घन्टा लाग्ने सडक डिभिजन भरतपुरले जनाएको छ।