बाँकेमा इँटाभट्टाको पर्खाल भत्किँदा २ मजदुरको मृत्यु भएको छ।
नेपालगन्ज उपमहानगरपालिका-१९ भैयापुरस्थित न्यू किसान इँटा भट्टाको पर्खाल भत्किएर घाइते भएका ४५ वर्षीय रामफैरिन कोरीको बुधाबर बिहान साढे ३ बजे उपचारको क्रममा मृत्यु भएको हो।
साउन १८ गते ११:२० बजे इँटाभट्टाको पर्खाल अचानक भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको थियो भने रामफेरन गम्भीर घाइते भएका थिए ।
मृतक वर्षादी लोधको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ भने राम फेरन कोरीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ।
घटनाबारे थप अनुसन्धान समेत भइरहेको बाँके प्रहरीले जनाएको छ।