रौतहटमा पेट्रोल बोकेको ट्यांकर दुर्घटना भएको छ।
बिहीबार बिहान चन्द्रपुल नगरपालिका-४ धन्सार पुलस्थित पूर्व-पश्चिम राजमार्गमा अमलेखगन्जबाट पेट्रोल बोकेर सर्लाही जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्यांकर अनियन्त्रित भएर सडकमै पल्टिएको हो।
सशस्त्र प्रहरी बलका सूचना अधिकारी इन्स्पेक्टर दिलकुमार श्रेष्ठका अनुसार मृग जोगाउने क्रममा ट्यांकर अनियन्त्रित भएर पल्टिएपछि आगो लागेको थियो।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले दमकलको सहयोगमा नियन्त्रणमा लिएको छ ।
दुर्घटनाबारे जानकारी पाएपछि आवश्यक उद्धार तथा आगलागी नियन्त्रणको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस निजगढ बारा र सुरक्षा बेस सन्तपुर रौतहटबाट टोली खटिएको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिए।
दुर्घटनाबाट मानवीय क्षति केही नभएको र तेल ट्यांकर पूर्ण रुपमा जलेको छ।