काठमाडौंको बीचभाग भएर बग्दै गरेको टुकुचा खोलाको फोहोर पानी प्रशोधन पश्चात सफा भए पछि मात्र बागमतीमा मिसिने भएको छ।
काठमाडौंको त्रिपुरेश्वरमा टुकुचाको फोहोर पानी प्रशोधन गरेर मात्र बागमती नदीमा मिसाउन धमाधम प्रशोधन केन्द्रको निर्माण भइरहेको छ।
काठमाडौंको त्रिपुरेश्वर र ललितपुरको कुपण्डोल दोभान क्षेत्रमा करिब २.५३ हेक्टर क्षेत्रफलमा निर्माणाधीन केन्द्रले दैनिक १ करोड ५० लाख लिटर फोहोर पानी प्रशोधन गर्ने क्षमता राख्नेछ।
यो परियोजनाले बागमती नदीको प्रदूषण घटाउँदै उपत्यकाको वातावरण सुधारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
अहिले त्रिपुरेश्वर क्षेत्रमा मुख्य ढल प्रशोधन संरचनाको निर्माण तीव्र गतिमा भइरहेको छ। ललितपुरतर्फ विद्युत् उत्पादनसम्बन्धी संरचना मात्र रहने बताइएको छ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले एसियाली विकास बैंक (एडिबी) को ३ अर्ब १८ करोड ऋण सहयोगमा परियोजना निर्माण गरिरहेको हो।
सुरुआती ढिलाइपछि संशोधित कार्यतालिका अनुसार निर्माण कार्य सन् २०२६ डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको समितिले जनाएको छ।
-1785999751.jpg)
-1785999751.jpg)
-1785999752.jpg)
-1785999752.jpg)
-1785999752.jpg)