काभ्रेमा गाडीको नक्कली पाटपुर्जा तथा लुब्रिकेन्ट्स अवैध रूपमा आयात गरी बिक्री वितरण गर्ने व्यक्ति पक्राउ परेका छन्।
बनेपास्थित नेक्स्ट जेनेरेसन अटोमोटिभ प्रालीको पसल तथा गोदाममा छापा मारी प्रहरीले त्यसका सञ्चालक निरजकुमार पोतेलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रवीन कार्कीका अनुसार बिहीबार पसलमा छापा मार्दा करोडौं मूल्यका टाटा गाडीका नक्कली पाटपुर्जा बरामद गरिएको हो।
प्रहरीले उक्त पसलको १० वटा गोदाम सिलबन्दी गरेको छ।
एसपी कार्कीका अनुसार सञ्चालक पोते यसअघि पनि राजस्व ठगिको आरोपमा कारबाहीमा परेका थिए।
पोतेमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।