सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खसेको छ।
शुक्रबार बिहान १:१५ बजे सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-३ स्थित भन्सार कार्यालयमा रहेको सशस्त्र प्रहरी बल नेपाल बिओपीको उत्तर पश्चिम तर्फ २/३ सय मिटर अग्लो डाँडाबाट पहिरो खसेको हो।
पहिरोमा परी मानवीय क्षति नभएको भन्सार कार्यालयले जनाएको छ। पहिरोबाट उछिट्टिएका ढुंगाहरूले कार्यालयमा केही भौतिक क्षति भने भएको छ।
भन्सार कार्यालयका अनुसार ब्यारेकका झ्यालका सिसा, भित्तामा प्वाल तथा जस्ताको छानामा प्वाल परेको छ।
एउटा ड्युटी पोस्ट पूर्ण क्षति र अर्कोमा आंशिक क्षति भएको लगायत क्षति भएको छ।