कैलाली प्रहरीले नेपाली सेनामा जागिर लगाइदिने झुटा आश्वासन दिएर ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
कञ्चनपुरको बेलौरी नगरपालिका – ८ का ३५ वर्षीय हरिशचन्द्र पक्राउ परेका हुन्।
उनीमाथि स्थानीय एक जनाबाट नेपाली सेनामा भर्ना गरी दिने झुटा आश्वासन दिएर दुई लाख ४० हजार रकम ठगी लगेको उजुरी छ।
सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय चिसापानी कैलाली बाट खटिएको प्रहरी टोलीले चन्द्रलाई पक्राउ गरेको थियो।
कैलालीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार उनीमाथि जिल्ला अदालत कैलालीबाट म्याद थप भई थप अनुसन्धान भइरहेको छ।