कीर्तिमानी आरोही गोरखाको लाप्राकका पुरबहादुर गुरूङ युक्ताको शवयात्रासहित अन्त्येष्टि गरिएको छ।
आज काठमाडौंको स्वयम्भूमा युक्ताको अन्त्येष्टि गरिएको हो।
पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा युक्तासहित १० आरोहीको हिमपहिरोमा परेर निधन भएको थियो।
गृहमन्त्री सुधन गुरूङले युक्ताको पार्थिव शरीरमा राष्ट्रिय झण्डा र नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको झण्डा ओढाएर सम्मानसहित श्रद्धाञ्जली अर्पण गरेका थिए। युक्ता कांग्रेस सदस्य पनि थिए।
युक्ताको पार्थिव शरीर बिहीबार अपराह्न काठमाडौं ल्याइएको थियो।
युक्ताले १० पटक सगरमाथाको सफल आरोहण गरेका थिए। यसैबीच उनको जन्म गाउँ लाप्राकमा पनि स्थानीय बासिन्दाहरूले दीप प्रज्ज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेका छन्।
-1786085492.jpg)
-1786085493.jpg)
-1786085493.jpg)
-1786085494.jpg)
-1786085493.jpg)
-1786085493.jpg)
-1786085492.jpg)
-1786085492.jpg)
-1786085492.jpg)
-1786085492.jpg)
-1786085492.jpg)
-1786085491.jpg)
-1786085491.jpg)
-1786085491.jpg)
-1786085491.jpg)
तस्बिर- नेपाल फोटो लाइब्रेरी।