विपी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ।
काभ्रेको रोशी गाउँपालिका-९ पिन्थलीको नार्केमा लेदो सहितको पहिरो आएपछि सोमबार बिहानदपेखि राजमार्ग पूर्ण अवरूद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पहिरो बिहान ४ बजे खसेको थियो।
अहिले पहिरो पन्छाएर राजमार्ग खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ।