जिपिएस ट्र्याकरमा सरकारी निशान छापको दुरूपयोग गरी बेच्ने एक जना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक जना युवकलाई पक्राउ गरेको एसपी रामेश्वर कार्कीले जानकारी दिए।
पक्राउ पर्नेमा रौतहटका २९ वर्षीय दिपेन्द्र कर्माचार्य छन्।
उनले सरकारको स्वीकृति नलिई व्यापारिक प्रयोजनका लागि जिपिएस ट्र्याकर डिभाइस सरकारी मान्यता प्राप्त भनेर प्रचार गरेका थिए।
त्यस डिभाइसमा उनले सरकारी निशान छाप समेत टाँसेर दुरूपयोग गरेको आरोप छ।
उनीबाट प्रहरीले ५२ वटा डिभाइस समेत बरामद गरेको छ।
थप अनुसन्धानका लागि प्रहरीले उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ।