सामाजिक सञ्जालमार्फत अश्लील गालीगलौज गरेको आरोपमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रौतहट स्थानीय नेता पक्राउ परेका छन्।
रौतहटका स्थानीय नेता रवीन्द्र यादवलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त गौतमले जानकारी दिए।
‘चिनजानकै व्यक्तिलाई सामाजिक सञ्जालमार्फत अश्लिल गाली गलौज गरेको देखिन्छ। त्यसमा हामीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छौं,’ उनले भने।
उनी रास्वपा नेता समेत भएको डिएसपी गौतमले बताए।
यादवमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।