त्रिभुवन विश्वविद्यालय व्यवसाय इन्क्युबेशन केन्द्रको तीन दिने इन्क्युबेशन फेज ट्रेनिङ प्रोग्राम सुरू भएको छ।
फ्रम आइडियाज टू इम्प्याक्ट: बिल्डिङ सस्टेनेबल स्टार्टअप्स नारासहितको कार्यक्रममा पोस्ट प्री-इन्क्युबेसन चरणका युवा उद्यमीलाई अन्तिम पिचका लागि तयार पार्न व्यवसाय विकास, बजार परीक्षण, मेन्टरिङ र लगानी तत्परतामा प्रशिक्षण दिइँदैछ।
पहिलो दिन डिजिटल नेपालका संस्थापक आदित्य राजले पिच तयारी तथा स्टोरीटेलिङको प्रशिक्षण दिएका छन्।
डिजिटल एन्ड बियन्डका सगुन ढुंगाना तथा उनको टिमले बजार तयारीसम्बन्धी व्यावहारिक प्रशिक्षण दिएका छन्।
तालिममा सहभागीहरूले आफ्नो व्यवसायको पिच तयार गरी अभ्यास गर्नुका साथै वास्तविक बजार अवस्थाअनुसार त्यसलाई परिष्कृत गरे।
कार्यक्रमअन्तर्गत साउन २९ मा अन्तिम पिच प्रस्तुति, भाद्र १ मा कागजात तयारी र भदौ २ मा पुरस्कार घोषणा गरिने आयोजकले जनाएको छ।