अस्तित्व नै संकटमा परेको सप्तपाताल पोखरी स्थानीय तह र सरोकारवालाहरूको पहलकदमीले पुनर्जिवित भएको छ।
ललितपुरको लगनखेल बसपार्क नजिक अशोक स्तुपसँगै रहेको सप्तपाताल पोखरी पुनर्निर्माण गरी शनिबार उद्घाटन भएको छ।
ऐतिहासिक महत्वको पोखरी उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र काठमाडौं महानगरका कार्यवाहक मेयर सुनिता डंगोलले गरिन्।
सप्तपाताल पोखरी ब्युँताउन ललितपुर महानगरपालिकाले महत्त्वपूर्ण भूमिका खेल्यो।
अतिक्रमणमा परेर हराउनै लागेको पोखरीलाई ब्युँताउन त्यहीँका पूर्ण स्थापितले अझै ठूलो भूमिका खेले। उनले झन्डै १५ वर्ष कानुनी लडाइँ लडे।
पढ्नुस् अर्काइभ स्टोरी : करिब १५ वर्ष मुद्दा लडेर फिर्ता ल्याएको सप्तपाताल पोखरी यसरी हुँदैछ पुनर्निर्माण
पोखरी मिच्ने र मास्ने अनेक समूहमध्ये नमूना मच्छिन्द्र स्कुलले १४ रोपनी अतिक्रमण गरेको थियो।
पूर्णले सप्तपातालको त्यो जग्गा सप्तपाताललाई नै फर्काउन २०६१ सालमा सर्वोच्च अदालतमा मुद्दा हाले। सर्वोच्चले २०७६ असार २३ गते अतिक्रमणमा परेको जग्गा पोखरीकै नाममा फिर्ता गर्न आदेश दियो।
त्यसपछि ललितपुर महानगरले थप जग्गा पोखरीकै नाममा फर्काउनेदेखि त्यसलाई पुनर्निर्माण गर्न भूमिका खेल्यो।
सप्तपाताल पुनर्निर्माण र त्यसका लागि पानी आपूर्ति गर्न टीकाभैरवदेखि लगनखेलसम्मको राजकुलो ब्युँताउने काममा ललितपुर महानगरले बजेट हाल्यो।
मेयर चिरिबाबुले सेनासँग समन्वय गरेर थप ३२ रोपनी फर्काए। लगनखेलस्थित सेनाको राजदल गणले पोखरीको ठूलो हिस्सा ओगटेको थियो।
सेनाले आफ्नो पर्खाल भत्काएर सप्तपातालको जग्गा फिर्ता गरेपछि ४५ रोपनीभन्दा बढी क्षेत्रफलमा केही वर्षदेखि पोखरी पुनर्निर्माणको काम भइरहेको थियो। महानगरले ४५ रोपनी जग्गा समेटेर वरिपरि सीमापर्खाल लगाउन ५ करोड रूपैयाँ बजेट दिएको थियो।
यसरी मानिसहरुको सम्झनाबाट समेत हराउँदै गइरहेको पोखरी पुनर्निर्माण सम्पन भई शनिबार उद्घाटन भएको हो।
पुनर्निर्माण सम्पन्न भएपछि पोखरी चित्ताकर्षक देखिएको छ।
सडकका छेउ, वरिपरि घरहरू, केही रूखविरूवा र बीचमा पोखरीको दृश्य आकाशबाट हेर्दा अझै मनमोहक देखिएको छ।
हेर्नुस् तस्बिरहरूः
-ink-1786788464.jpeg)
-ink-1786788464.jpeg)
-ink-1786788466.jpeg)
-ink-1786788465.jpeg)
-ink-1786788464.jpeg)
-ink-1786788465.jpeg)
-ink-1786788465.jpeg)
-ink-1786788465.jpeg)
-ink-1786788465.jpeg)
-ink-1786788466.jpeg)
-ink-1786788464.jpeg)