रोल्पामा अविरल वर्षापछि खसेको पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ।
जिल्लाको लुङग्री गाउँपालिका– ५ धैरेनीमा पहिरोले घर पुर्दा ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका पवक्ता प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताए।
मध्यराति घर माथिबाट झरेको पहिरोले घर पुरेपछि घरमा सुतिरहेकी गुरुङको मृत्यु भएको हो।
हालसम्म गुरुङको टाउकोको भाग मात्र देखिएको प्रहरीले जनाएको छ। स्थानीय र प्रहरी मिलेर पहिरो पन्छाएर उनलाई निकाल्न प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
पहिरोले घर पुर्दा गुरुङ बेपत्ता भएको सूचना पछि प्रहरी चौकी किलाचौरको प्रहरी बिहान ३ बजे घटनास्थल पुगेको थियो।