पहिरोका खसेपछि गएरातिदेखि पूर्ण रूपमा अवरूद्ध भएको मुग्लिन-नारायणघाट सडक आज बिहानदेखि सञ्चालनमा आएको छ।
चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारामा शनिबार राति १०:२५ बजे रूखसहितको सुक्खा पहिरो खसेपछि सडक खण्ड अवरूद्ध भएको थियो।
प्रहरी प्रधान कार्यालयका अनुसार राति नै पहिरो पन्छाउने काम सुरू भएकोमा बिहान ६:४५ बजेदेखि दुईतर्फी नै सवारी आवागमन पूर्ण रूपमा सुरू भएको हो।
पहिरो जाँदा रातभरि रोकिएका सवारी साधनहरू बिहानीपख मात्रै गन्तव्यतर्फ अघि बढ्न पाएका हुन्।
यसका कारण उक्त सडकखण्डमा बिहानीपख सवारी चाप केही बढेको थियो।