आज हिन्दु धर्मावलम्बीहरूले नाग पञ्चमी मनाउँदै छन्।
देशभरिका नागदह, मन्दिरहरूमा नागको पूजाअर्चना गर्न बिहानैदेखि भीड छ।
काठमाडौंको नागपोखरीमा नागपूजा गर्न बिहानैदेखि मानिसहरू लामबद्ध छन्।
घरका ढोकामा नागका तस्बिरहरू टाँसिरहेका छन्।
चितवनको इच्छाकामना गाउँपालिका-२ घुर्कोशमा पनि बिहानैदेखि नाग पूजा गर्न भ्यान नभ्याइ थियो।
पिडीँभरि भर्खरै भाँचेर मात्रै राखिएका मकैका थुप्राहरू देखिन्थे। मानिसहरू सबेरै उठेर घरधन्दा सकेर दैलोको माथिल्लो भागमा नागको तस्बिर टाँस्न खटिएका छन्।
यसपालि गुरूङ समुदायको पुरोहित संस्था तमु पे ल्हू संघले बनाएको नागको फोटो टाँसिएको छ।
तस्बिरहरूः
-1786961167.jpeg)
-1786961166.jpeg)
-1786961166.jpeg)
-1786961166.jpeg)
-1786961166.jpeg)
-1786961166.jpeg)
-1786961165.jpeg)
-1786961166.jpeg)