सिद्धार्थ राजमार्ग पूर्ण अवरूद्ध भएको छ।
पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धबाबा सुरूङ मार्ग नजिक पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरूद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सुरूङको पाल्पा तर्फबाट प्रवेश गर्ने प्वाइन्टको १०० मिटर उत्तर तर्फ सडक माथिबाट पहिरो खसेको हो।
पहिरो हटाउन प्रहरी चौकी दोभानबाट प्रहरी सहायक निरीक्षकको कमान्डमा ट्राफिकसहित पाँच जनाको टोली खटिएको छ।
पहिरो खसिरहेका कारण पहिरो हटाउने काम भने सुरू भएको छैन। रोकिनासाथ पहिरो हटाउने काम सुरू हुने प्रहरीले जनाएको छ।
त्यसका लागि जेसिबी तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ।