कैलालीमा गोली लागेको अवस्थामा एक जना मृत भेटिएका छन्।
बर्दगोरिया गाउँपालिका-३ स्थित लालीगुँरास सामुदायिक वनमा ४२ वर्षीय पदम विश्वकर्माको मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।
गोली कसले चलायो भन्ने चाहिँ खुलिसकेको छैन।
यसबारेमा अनुसन्धान भइरहेको डिएसपी तिमिल्सिनाले जानकारी दिए।
पदमसँगै राति वनमा गएका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।