बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ।
आइतबारदेखि हराइरहेकी जितपुरसिमरा उपमहानरपालिका-१ दसधुरीकी ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवरका अनुसार गरिमाको शव जितपुर सिमरा उपमहानगरपालिका-१ भक्तिनगरस्थित वीर बहादुर रोकाको खाली घरको एउटा कोठामा भेटिएको थियो।
'मान्छे नबस्ने त्यो घरबाट गन्ध आएपछि प्रहरी पुगेर हेर्दा मृत अवस्थामा बालिका भेटिएकी थिइन्। मृतक बालिका गरिमा नै रहेको खुल्यो,' उनले भने।
अनुसन्धानका क्रममा जवरजस्तीकरणीपछि बालिकाको हत्या भएको खुलेको उनले बताए।
शव भेटिएको २ घन्टापछि घटनामा संलग्नलाई पक्राउ गरिएको एसपी कुँवरले बताए।
पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका-२ का १६ वर्षीय किशोर छन्।
उनी ना १ ज ७७५८ नम्बरको म्याजिकका सहचालक हुन्। घटनामा आफ्नो संलग्नता रहेको उनले स्वीकार गरिसकेका छन्।
त्यही म्याजिकका धनी जितपुरसिमरा-१ का २४ को प्रोग्रेस चौधरीलाई पनि प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेका छन्।
छिमेकीको घरमा खेल्न गएकी बालिकालाई किशोरले ललाइफकाइ गरी लगेर बलात्कार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ।