सुर्खेतस्थित भेरी नदीमा एक जना महिलाको शव फेला परेको छ।
बिहान साढे १० बजेतिर बराह ताल गाउँपािलका–४ तरंगा नजिकै भेरी नदीको किनारामा महिलाको शव फेला परेको हो।
शवको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
महिलाको शवको ढाडभन्दा माथिको भाग सडिगलेको र तथा ढाडभन्दा मुनिको भाग मात्रै फेला परेको प्रहरीले जनाएको छ।
शवको पोष्टमर्टमका लागि अस्पताल पठाइएको छ।