काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका परिसरमा १८७औं विश्व फोटोग्राफी दिवसका अवसरमा ‘सुन्दर बंगलादेश’ फोटो प्रदर्शनी आयोजना गरिएको छ।
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) र बंगलादेश फोटो पत्रकार संघ (बिपिजेए) को संयुक्त आयोजनामा भएको प्रदर्शनीमा बंगलादेश र चीनका प्राकृतिक सौन्दर्य, संस्कृति, कला, परम्परा र जनजीवन झल्काउने तस्बिर प्रदर्शन गरिएको हो।
कार्यक्रममा एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तले नेपाल र बंगलादेशका फोटो पत्रकारबीचको २१ वर्ष लामो सम्बन्धलाई थप सुदृढ बनाउन प्रदर्शनी आयोजना गरिएको बताए।
यस्तै बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले फोटो पत्रकारबीचको सहकार्यले दुई देशको मित्रता र सम्बन्ध बलियो बनाउने धारणा व्यक्त गरे।
बिपिजेएका अध्यक्ष ए.के.एम. मोहसिनको नेतृत्वमा १२ जना बंगलादेशी फोटो पत्रकार नेपाल आएका छन्।
प्रदर्शनीमा नेपाली फोटो पत्रकारले चीन भ्रमणका क्रममा खिचेका चीनका तस्बिरसमेत प्रदर्शन गरिएको छ।
हरेक वर्ष अगस्ट १९ मा विश्व फोटोग्राफी दिवस मनाइन्छ।
सन् १८३९ अगस्ट १९ मा फ्रान्स सरकारले डागेरोटाइप फोटोग्राफी प्रक्रिया सार्वजनिक गरेको दिनलाई यसको ऐतिहासिक आधार मानिन्छ।
-1787155614.jpg)
-1787155615.jpg)
-1787155615.jpg)
-1787155615.jpg)
-1787155615.jpg)
-1787155615.jpg)
-1787155615.jpg)
-1787155614.jpg)
-1787155614.jpg)
-1787155614.jpg)