दाङमा ट्याक्टर र अटो ठोक्किँदा अटो चालकको मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका-७ बेसाहीमा बुधबार बेलुकी ८ बजे रा १ त ३७०९को ट्याक्टर र लु.प्र ०२-००१ ह १९२९ नम्बरको अटो आपसमा ठोक्किँदा अटो चालक घोराही-५ बसन्तपुरका ४५ वर्षीय विनोद पौडेल गम्भीर घाइते भएका थिए।
कोहलपुर मेडिकल कलेजमा उपचार क्रममा आज बिहान २:४५ बजे उनको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
दुर्घटनामा अरू दुई जना घाइते भएका छन्। उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
ट्याक्टर र ट्याक्टर चालक घोराही उपमहानगरपालिका-१७ भैसाही बस्ने २३ वर्षीय हिमाल चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।