भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका हक–अधिकार सुनिश्चितताको माग गर्दै काठमाडौंमा खबरदारी र्याली निकालिएको छ ।
संयुक्त रााष्ट्रिय सुकुम्बासी मोर्चा काठमाडौँ उपत्यका विशेष समितिले बिहीबार माइतीघर मण्डलबाट नयाँ बानेश्वरसम्म र्याली निकालेको हो।
सहभागीले ‘लोकतन्त्रको सम्मान गर्’, ‘मानवअधिकारको सम्मान गर्’, ‘सुकुम्बासीको व्यवस्थापन के गरिस् ?’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
सरकारले डोजर चलाउँदा विस्थापित भएपछि ज्यान गुमाएकालाई भूमिअधिकार आन्दोलनको सहिद घोषणा गर्नुपर्ने उनीहरुको माग छ।
सरकारको 'डोजर आतंक'बाट ९ जना नागरिकले ज्यान गुमाएको आन्दोलनरत पक्षको भनाइ छ।
तस्बिरहरूः
-ink-1787217995.jpeg)
-ink-1787217995.jpeg)
-ink-1787217994.jpeg)
-ink-1787217994.jpeg)
-ink-1787217994.jpeg)
-ink-1787217994.jpeg)
-ink-1787217994.jpeg)
-ink-1787217994.jpeg)
-ink-1787217993.jpeg)
-ink-1787217993.jpeg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी