प्रहरीले जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेललाई नियन्त्रणमा लिएको छ।
बिहीबार प्रहरीले टेलिभिजनको कार्यालय बानेश्वरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए।
उनका अनुसार चेक बाउन्सको कसुरमा नियन्त्रणमा लिइएको हो।
पूर्वकर्मचारीलाई दिनुपर्ने रकम नदिएको र चेक बाउन्स भएको आरोप छ।