टाट पल्टिएको चीनको सबैभन्दा ठूलो घरजग्गा कम्पनीका संस्थापकलाई चीनले जन्मकैदको सजाय सुनाएको छ।
कुनै समय एसियाकै सबैभन्दा धनी व्यक्ति रहेका एभहरग्रान्डेका संस्थापक हुइ का यानलाई शेन्जेनको अदालतले बिहीबार जन्मकैदको सजाय सुनाएको हो।
यससँगै चीनको कर्पोरेट इतिहासकै सबैभन्दा नाटकीय उत्थान र पतनको कथाको अन्त्य भएको ब्लुमबर्गले लेखेको छ।
सन् २०२१ मा ऋण तिर्न नसके (डिफल्ट भए) पछि उनको साम्राज्य ध्वस्त भएको थियो।
एभहरग्रान्डेले करिब तीन खर्ब डलर बराबरको ऋण तिर्न नसकेपछि विश्वकै सबैभन्दा ठूला घरजग्गा व्यवसायीमध्ये मानिने हुइ सरकारी अनुसन्धानको घेरामा परे। यसले अन्ततः उनको पतन गरायो।
एभरग्रान्डेमा संलग्न उनका छोराहरू शु जिजियान र शु तेङ्गे सहित अन्य ५६ जनालाई पनि अदालतले सजाय सुनाएको छ।
हुको सम्पत्ति जफत गरिनेछ भने हङकङ स्टक एक्सचेन्जमा सूचीबद्ध एभरग्रान्डेलाई ८.८२ अर्ब युआन (१.३ अर्ब डलर) र यसको स्वदेशी सहायक कम्पनी हेङ्दा रियल स्टेटलाई थप ७ अर्ब युआन जरिवाना गराइएको छ।
यस कदमले वर्षौंदेखि चीनको ठूलो सफलता मानिएको कथाको बिट मारेको छ।
एभरग्रान्डेको विस्तार गरेर बहुआयामिक व्यापारिक समूहमा रूपान्तरण गर्ने क्रममा हुइले अत्यधिक ऋण लिएका थिए। जसले गर्दा एभरग्रान्डे विश्वकै सबैभन्दा बढी ऋणग्रस्त घरजग्गा कम्पनी बनेको थियो।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)