दाङ प्रहरीले चार दिनको अवधिमा ३७ थान अवैध भरूवा बन्दुक बरामद गरेको छ।
भदौको १ गतेदेखि ४ गतेसम्मको अवधिमा जिल्लाका विभिन्न वन जंगलहरूको झाडीमा लुकाएर राखिएको अवस्थामा ३७ थान अवैध भरूवा बन्दुक बरामद गरिएको जिल्ला प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले बताए।
जिल्लाका विभिन्न स्थानका जंगलमा भरूवा बन्दुक लुकाइछिपाइ अवैध भरूवा बन्दुक राखिएको भन्ने विशेष सूचनाका आधारमा साउन १ गतेदेखि ४ गतेसम्म सञ्चालन गरिएको विशेष अपरेसनमा खटिएका प्रहरी टोलीले विभिन्न जंगलमा लुकाइ राखिएका ती बन्दुक फेला पारेको प्रवक्ता केसीले बताए।
यसअिघ पनि प्रहरीले जिल्लाको विभिन्न स्थानका जंगलमा लुकाइछिपाइ राखेका तीन दर्जन जति बन्दुक बरामद गरी सार्वजनिक गरेको थियो।