सुर्खेतमा दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
बराहताल गाउँपालिका–५ का ३३ वर्षीय रामप्रसाद लामिछानेको मृत्यु भएको हो।
बिहीबार दिउँसो सवा १ बजेतिर बराहताल – ७ नयाँ वनस्थित भित्री सडक खण्डमा बाटो सरसफाइ तथा निर्माणको काम गरिरहेको भे १ ग १२७ नम्बरको एस्काभेटर झन्डै ३०० मिटर तल खसेको थियो।
टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट पटक खेपेका उनलाई प्रहरीले उपचारको लागि कर्णली प्रदेश अस्पताल कालागाउँ पुर्याएको थियो।
दिउँसो २ बजेतिर चिकित्सकले चेकजाँचपछि उनलाई मृत घोषणा गरेको जिल्ला प्रवक्ता डिएसपी कबिन्द्रसिंह बोहराले बताए।
दुर्घटनाबारे थप अनुसन्धान हुने प्रहरीले जनाएको छ।
शव पोष्टमर्टमका लागि अस्पतालमा राखिएको छ ।