वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ।
मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट मृत्यु भएपछि जिल्लामा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ।
जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार गत साता ती महिलाको मृत्यु भएको हो।
यससँगै जिल्लामा जापानिज इन्सेफ्लाइटिस संक्रमितको संख्या ११ पुगेको छ।
हालसम्म चार महिला र दुई पुरुषको मृत्यु भइसकेको छ।
जिल्ला स्वास्थ्य कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा जापानिज इन्सेफ्लाइटिस परीक्षणलाई बढाइनुका साथै स्वास्थ्यकर्मीको टोली अनुगमनका निम्ति निरन्तर परिचालन भएको जनस्वास्थ्य निरीक्षक श्रेष्ठले बताए।