जाजरकोटमा खोलामा आएको बाढीले बगाउँदा दुई जना बेपत्ता भएका छन्।
स्थानीय जुनीचाँदे गाउँपालिका–६ को डोग्रा खोलामा आएको बाढीले बगाउँदा ६४ वर्षीय देवबहादुर सिंह बेपत्ता छन्।
जिल्लाको सञ्चार शाखामा कार्यरत प्रहरी हवल्दार प्रेमबहादुर खड्का अनुसार सिंहलाई बिहीबार राति डोग्रा खोलाले बगाएको भए पनि शुक्रबार बिहान १० बजे मात्रै प्रहरीलाई खबर प्राप्त भएको थियो।
त्यस्तै, स्थानीय ३९ वर्षीया रचना थापा सेती खोलामा आएको बाढीले बगाउँदा बेपत्ता छिन्।
बुधबार बेलुकी गोठबाट घर फर्कने क्रममा सेती खोलामा आएको बाढीले उनलाई बगाएकोबारे बिहीबार बिहान मात्रै आफन्तले प्रहरीलाई खबर गरेका थिए।
बेपत्ता दुबै जनाको सुरक्षाकर्मी र स्थानीयले खोजी जारी राखेका छन्।