गरिमा चौधरीको हत्या तथा बलात्कारका दोषीलाई कडा कारबाहीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ।
'स्वतन्त्र आमा नेपाल' को आयोजनामा भएको उक्त प्रदर्शनमा सहभागीहरूले पीडित परिवारलाई तत्काल न्याय दिन र दोषीलाई कडाभन्दा कडा सजायको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
हातमा विभिन्न नारा लेखिएका प्लाकार्ड र ब्यानर बोकेर माइतीघर पुगेका प्रदर्शनकारीहरूले बलात्कार र हत्या जस्ता जघन्य अपराधविरूद्ध कडा कानुन निर्माण गर्नुपर्ने र अपराधीहरूलाई फाँसीको सजाय दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए।
'स्वतन्त्र आमा नेपाल'का प्रतिनिधिहरूले पछिल्लो समय महिला तथा बालबालिकामाथि हुने यस्ता जघन्य अपराधका घटना बढ्दै गएको र कानुनी प्रक्रिया फितलो हुँदा अपराधीहरूले उन्मुक्ति पाउने वातावरण बनेको भन्दै आक्रोश व्यक्त गरे।
प्रदर्शनकारीहरूले गरिमा चौधरीको न्यायका लागि दबाबमूलक कार्यक्रमहरू निरन्तर जारी राख्ने चेतावनी समेत दिएका छन्।
तस्बिरहरू:
-1787298805.jpg)
-1787298805.jpg)
-1787298805.jpg)
-1787298805.jpg)
-1787298804.jpg)
-1787298803.jpg)
-1787298804.jpg)
-1787298803.jpg)
-1787298804.jpg)
-1787298804.jpg)
-1787298803.jpg)
-1787298803.jpg)