बेनी-जोमसोम सडक दुई ठाउँमा अवरूद्ध भएको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ सुकेबगरस्थित सडकमाथिबाट लेदोसहितको पहिरो खस्दा यातायात दुवैतर्फ पूर्ण अवरूद्ध भएको हो।
पहिरो शनिबार बिहान ५:२५ बजे खसेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
यस्तै म्याग्दीकै रघुगंगा गाउँपालिका-२ बैसेरीमा पनि लेदोसहितको पहिरो खसेको छ।
शनिबार बिहान ०५:३० बजे सडक माथिबाट लेदो माटोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।
अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।