पाल्पामा १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १६ वर्षीय किशोर पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार साउन ५ गते बालिकालाई लिची खान दिन्छु भनी किशोरले आफ्नै घरमा बोलाएर जबरजस्ती करणी गरेको भन्दै बालिकाको परिवारले लिखित उजुरी दिएको छ।
घटना साउन ५ गतेको भए पनि बालिकाको परिवारले भने घटना भएको एक महिना पछि भदौ ४ गते मात्र लिखित जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए।
बालिकाको परिवारले लिखित जाहेरी दिएपछि प्रहरीले ती किशोरलाई पक्राउ गरेर जिल्ला अदालत पाल्पाबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको जनाएको छ।
आरोपित व्यक्ति पनि १६ वर्षीय किशोर रहेकोले प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन।