सभामुख डिपी अर्यालको छातीमा समस्या भएपछि अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराएका छन्।
सभामुखका प्रमुख स्वकीय सचिव मुना कुँवरका अनुसार सोमबार दिउँसो कार्यालयमै रहँदा अर्यालको छाती दुखेको थियो।
संसद बैठक सकिएपछि उनले महाराजगन्ज, टिचिङको मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर स्वास्थ्य परीक्षण गराएका हुन्।
'उहाँले सामान्य छु, घर फर्किँदै छु भन्नुभएको छ,' कुँवरले भनिन्।
स्वास्थ्य परीक्षणको रिपोर्ट लिएर सभामुख अर्याल घर फर्किन लागेको उनले जानकारी दिइन्।