रसुवाको बाढी धादिङको आदमघाट कटेको छ।
सशस्त्र प्रहरीका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार बिहान ११ बजेअघि बाढी आदमघाट कटेको जानकारी दिए।
जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्याललले बिहान पौने ११ बजे बाढी गजुरी पुगेको सूचना प्राप्त भएको जानकारी दिए।
धादिङका प्रहरी प्रमुख सुमित खड्काले तटीय क्षेत्रमा मानिसहरूलाई सतर्क गराइएको जानकारी दिए।
'बाढी भयानक ठूलो छ। अहिले प्रहरीले तटीय क्षेत्रमा माइकिङ गरिरहेका छौं। मानिसहरूलाई सुरक्षित रहन भनेका छौं। प्रहरीका सबै युनिट परिचालन गरिएको छ,' उनले भने।
धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले जिल्लाका सबै पालिकाहरूसँग समन्वय गरिएको र सचेत गराइएको बताए।
'अहिले सबैसँग समन्वय भइरहेको छ,' उनले भने।


