रसुवाको बाढीबाट प्रभावित क्षेत्रबाट १२ जनाको उद्धार भएको छ।
बुधबार बिहान ९ बजे आएको बाढीबाट प्रभावित विभिन्न ठाउँबाट १२ जनाको उद्धार भएको नेपाली सेनाले जनाएको छ।
सेनाको हेलिकप्टरबाट स्याफ्रुबेँशीबाट ६ जना, मैलुङबाट दुई जना र धुन्चेबाट ४ जनाको उद्धार भएको हो।
अहिले बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको चार वटा र निजी कम्पनीका ८ वटा गरी १२ वटा हेलिकप्टर उद्धारमा खटिएको छ।
साथै नेपाली सेनाको मेडिकल टिमले त्रिशूलीस्थित नं.१ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको जनाएको छ।