तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै आएको बाढी प्रभावित ४ जिल्लामा नेपाल टेलिकमको फोन र डाटा उद्धार र समन्वयका लागि नि:शुल्क बनाएको छ।
धादिङ, नुवाकोट, रसुवा, चितवनमा नेपाल टेलिकमको फोन र डाटा उद्धार र समन्वयका लागि नि:शुल्क बनाइएको हो।
बाढी प्रभावित क्षेत्रमा समन्वय र उद्धारका लागि पहल गर्न नि:शुल्क बनाइएको अर्थ मन्त्रालयको सचिवालयले जनाएको छ।
बुधबार बिहान तिब्बतर्फबाट आएको बाढीले ठूलो क्षति पुर्याएको छ। तर अहिलेसम्म कहाँ-कहाँ के कति क्षति पुर्यायो भन्ने विवरण प्राप्त भइसकेको छैन।