बुधबार बिहान चीनको तिब्बतर्फबाट आएको बाढीले प्रभावित भएकाहरू १२ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
रसुवा गोसाइकुन्ड गाउँपालिका-५ स्याप्रुनबेसीबाट ६, मैलुङबाट २ र धुन्चेबाट ४ जना गरी हालसम्म १२ जना उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
उक्त इलाकामा नेपाली सेनाको ४ र निजी कम्पनीका ८ गरी जम्मा १२ वटा हेलिकोप्टर उद्धार कार्यमा खटिइरहेका छन्।
यसका साथै नेपाली सेनाको मेडिकल टिमद्वारा त्रिशूलीस्थित नम्बर १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको छ।
बिहान अचानक आएको आएको बाढीले टिमुरे, स्याफ्रुबेसी लगायतका क्षेत्रदेखि खोला तटीय क्षेत्रमा क्षति पुर्याएको सेनाले जनाएको छ।
खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाका दुईवटा हेलिकप्टर त्रिशूली पुगेको छ भने त्रिशूलीस्थित जिल्ला अस्पताललाई सहयोग पुर्याउन नेपाली सेनाको चिकित्सक टोली पनि पुगेको छ।