ट्रमा सेन्टरबाट सात जना डाक्टरको टोली रसुवाको बाढी प्रभावित क्षेत्र प्रस्थान गरेका छन्।
सेन्टरका प्रमुख डा. रूद्र मरासिनीका अनुसार ७ जना चिकित्सकलाई औषधि सहित बाढी प्रभावित क्षेत्र पठाइएको हो।
आर्मीसँगको समन्वयनमा स्वास्थ्य मन्त्रालयको तर्फबाट ट्रमा सेन्टरका डाक्टरको टिम पठाइएको हो।
‘अहिले डाक्टरहरू एयरपोर्टमा स्ट्यान्डबाई हुनुहुन्छ। आर्मीको हेलिकप्टरबाट जाने तयारी छ,’ उनले भने।