रसुवाको बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाले २९ जनाको हवाइ उद्धार गरेको छ।
बुधबार दिउँसो २:४५ बजेसम्मको अपडेट अनुसार २९ जनाको हवाइ उद्धार भएको नेपाली सेनाले जनाएको छ।
उद्धारका लागि नेपाली सेनाको ६ वटा हेलिकप्टर खटाइएको थियो। त्यस्तै थप दुई वटा हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको सेनाले उल्लेख गरेको छ।
उद्धारलाई सहज बनाउन ३ वटा ड्रोन समेत परिचालन गरेको छ।