रसुवामा आएको बाढीले धादिङमा सदरमुकाम जोड्ने पक्की पुल बगाएको छ।
फुर्केखोलास्थित धादिङ सदरमुकाम धादिङवेशी जोड्ने मुख्य पुल बुधबार बिहान बाढीले बगाएको हो।
बाढीले गजुरी-५ र सिद्दलेक-७ घाटबेसीको पुल, गजुरी-६ र सिद्दलेक-७ जोड्ने जरेखेतको पुल बगाएको छ । त्रिशुली नदीको पानी महेश दोभानबाट फर्किएर गल्छी-६ बैरेनी बजार जलमग्न भएको छ ।
बुधबार बिहान आएको बाढीले पुल बगाएपछि उक्त सडकखण्डमा आवागमन प्रभावित भएको छ।
पुल बगेसँगै फुर्केखोला आसपासका बासिन्दालाई जिल्ला सदरमुकाम आवतजावत गर्न समस्या भएको छ।
गल्छी, जिन्टेटार, मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित छ ।
बाढीको क्षतिको विवरण आउन बाँकी छ।
तस्बिरहरूः
-ink-1787737108.jpeg)
-ink-1787737110.jpeg)
-ink-1787737109.jpeg)
-ink-1787737108.jpeg)
-ink-1787737109.jpeg)
तस्बिर : शंकर श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी