रसुवा बाढीपछि रसुवा आसपास क्षेत्रमा ३८४ पर्यटक सम्पर्कमा आउन सकेका छैनन्।
नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरका अनुसार उनीहरू सम्पर्क बाहिर छन्।
खोज तलासीको काम भइरहेको छ। रसुवाका विभिन्न पर्यटकीय स्थलमा बाक्लो संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्ने गर्छन्।
विभिन्न ट्राभल एजेन्सीहरूबाट बोर्डले पर्यटकहरूको विवरण लिएको जनाएको छ।
बोर्डको प्रारम्भिक तथ्यांक अनुसार २ सय ९१ विदेशी र ९३ आन्तरिक पर्यटक सम्पर्कमा आउन सकेका छैनन्।