रसुवा बाढीबाट गण्डक बराजमा हुन सक्ने क्षतिलाई रोक्न भारत बिहारको पश्चिम चम्पारणमा भारतीय एसएसबीले सुरक्षा सतर्कता अपनाएको छ।
पूर्वी नवलपरासीको विनयी त्रिवेणीसँग सीमा जोडिएको गण्डक बराजमा बाढी आउन सक्ने आकलन गरी सुरक्षा निकायलाई हाइ अलर्टमा राखेको छ।
गण्डक बराजमा सवारी साधन र सर्वसाधारणको आवागमन रोकेको छ।
गण्डक बराजका अधिकांश ढोकाहरू खोलिएका छन्।
त्रिवेणी क्षेत्रमा नेपालतर्फ पनि सुरक्षा सतर्कता अपनाइएको छ।
नारायणीबाट गण्डक नहरतर्फ जाने पानी बन्द गरिएको छ।