रसुवाको बाढीमा परेका १६ जनाको शव फेला परेको छ।
बुधबार बिहान ९ बजेतिर चीनको तिब्बत क्षेत्रबाट आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या १६ पुगेको हो।
बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार दिउँसो पौने ३ बजेसम्म १६ जनाको शव फेला परेको हो।
रसुवामा एक जना, नुवाकोटमा ९ जना र धादिङमा ६ जनाको शव फेला परेको हो।
यसरी फेला पर्नेमध्ये ७ जना महिला, ८ जना पुरूष र एक जना नखुल्ने प्रकारको शव छ।
नेपाली सेना, सशस्त्र प्रहरी र प्रहरीले विभिन्न ठाउँमा उद्धारको काम गरिरहेका छन्। सम्पर्कविहीन भएकाहरूको हकमा पनि खोजी भइरहेको छ।