गण्डकी प्रदेशका ऊर्जा मन्त्री नन्दप्रसाद न्यौपानेले विद्यालय भवन शिलान्यास गरेका छन्।
मन्त्री न्यौपानेले आज आरूघाट गाउँपालिका १ मान्बुस्थित गणेश माविको भवन शिलान्यास गरेका हुन्।
यो भवन कांग्रेस नेता प्रेम खत्री प्रमुख रहेको सम्भव नेपालले करिब साढे ५ करोड खर्च गरी निर्माण गर्न लागेको हो।
मन्त्री न्यौपानेले भवन निर्माण कार्य निर्धारित समयमै गुणस्तरीय रूपमा सम्पन्न हुनुपर्ने बताए।
‘यो विद्यालयमार्फत यस क्षेत्रका विद्यार्थी तथा समुदायको शिक्षा र भविष्य अझ उज्ज्वल बनोस् भन्ने शुभकामना व्यक्त गर्दछु,’ उनले भने।