रसुवामा आएको बाढीमा परी ४०३ जना नेपाली तथा विदेशी पर्यटक सम्पर्कविहीन भएका छन्।
पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन हुनेमा २०३ महिला र २०० पुरुष छन्।
सम्पर्कविहीनमध्ये ३४१ जना विदेशी पर्यटक छन्। त्यसमध्ये १३३ जना भारतीय पर्यटक छन्। त्यस्तै, ६२ जना नेपाली पर्यटक पनि सम्पर्कविहीन रहेको बोर्डको तथ्यांक छ।
बाढीका कारण रसुवामा पर्यटकीय क्षेत्रमा आवतजावत प्रभावित भएपछि पर्यटकको अवस्थाबारे खोजी तथा उद्धारको काम भइरहेको बोर्डले जनाएको छ।