रसुवाको विभिन्न प्रहरी कार्यालयहरुमा कार्यरतमध्ये २८ जना प्रहरी अझै सम्पर्कविहीन छन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अबिनारायण काफ्लेका अनुसार रसुवामा बाढीपछि २८ जना प्रहरी अझै सम्पर्कमा आएका छैनन्।
'विभिन्न प्रहरी कार्यालयमा कार्यरत ६४ जनामध्ये ३२ जना सम्पर्कमा आएका छन्। २८ जना प्रहरी हालसम्म सम्पर्कविहीन छन्,' बिहीबार बिहान भिडिओ सन्देश जारी गर्दै उनले भनेका छन्।
डिआइजी काफ्लेले बिपत्तिलाई मध्यनजर गर्दै केन्द्र र स्थानीय प्रहरी उल्लेख्य संख्यामा प्रभावित स्थानहरूमा परिचालन गरिएको छ।
प्रभावितहरूको खोजीका लागि चार वटा ड्रोन पनि प्रयोग गरिएको उनले बताएका छन्।
त्यस्तै बाढी प्रभावित विभिन्न जिल्लामा ३ हजार ३१८ जना प्रहरी परिचालन भएका छन्।