त्रिशूलीमा आएको बाढीले पृथ्वी राजमार्गको बैरेनीलगायत क्षेत्रमा लेदो जमेको छ। उक्त लेदो हटाउने कार्य सुरू भएको छ।
पृथ्वी राजमार्ग पुन: सञ्चालनमा आउन समय लाग्नेछ।
जिल्ला प्रशासन कार्यालय धादिङले आज सूचना निकालेर लेदो हटाएर राजमार्ग पूर्ण रूपमा सञ्चालनको तयारी गरिएको छ। तर यसका लागि केही समय भने लाग्नेछ।
अर्को सूचना जारी नभएसम्म राजमार्गमा यात्रा नगर्न पनि धादिङ प्रशासनले आग्रह गरेको छ।
भदौ १० गते बुधबार भोटेकोशी-त्रिशूलीमा बाढी आउँदा ठूलो जनधनको क्षति भएको थियो।