भोटेकोशी-त्रिशूली बाढीमा परेर अहिलेसम्म १७७ जनाको मृत्यु भएको छ।
नेपाल प्रहरीका अनुसार आज बिहान १० बजेसम्म १७७ शव फेला परेको हो।
रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ३२, नवलपरासी पश्चिममा ६ जनाको शव फेला परेको हो।
घाइते ३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
३ हजार ३ सय १८ जना नेपाल प्रहरी घटनास्थलमा परिचालन गरिएको छ।