नेपाली सेनाले रसुवाबाट ३३६ जनाको उद्धार गरेको छ।
बिहीबार बिहानदेखि मध्यान्ह साढे १२ बजेसम्म ३३६ जनाको उद्धार गरेको नेपाली सेनाले जनाएको छ।
टिमुरे, धुन्चे र मैलुङबाट ६ देशका ४५ जनासहित ३३६ जनाको उद्धार गरेको छ।
नेपाली सेनाको करिब ४ हजार फौजसहित समन्वयात्मक रूपमा घाइतेहरूको खोज तथा उद्धार कार्य, आपत्कालीन उपचार तथा राहत सामग्री वितरण कार्य गरिरहेको छ।